काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताएका छन् ।
बुधवार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।
सभापति खतिवडाले भने, ‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धि विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको छ । त्यसमा धेरै चरणहरु बाँकि छन् । यसमा हामी पनि सहमती छौ कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु ।’
सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताए ।
Facebook Comment
Comment