बीएण्डसी मेडिकल कलेजसम्बन्धी मुद्दामा बहस सकियो, चैत १२ गते फैसला

नेपालभ्युज

बीएण्डसी मेडिकल कलेजसम्बन्धी मुद्दामा बहस सकियो, चैत १२ गते फैसला

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी  मेडिकल कलेजसम्बन्धी मुद्दामा बहस सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासमा तीन दिनयता बहस भइरहेको थियो ।

इजलासले चैत १२ गते फैसला सुनाउने निर्णय गरेको अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयलगायत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved