प्राध्यापक हत्याका योजनाकार विद्यार्थी १६ वर्षपछि पक्राउ, दिदीलाई जिस्काएको भन्दै भाइले गरेका थिए हत्या

नेपालभ्युज

प्राध्यापक हत्याका योजनाकार विद्यार्थी १६ वर्षपछि पक्राउ, दिदीलाई जिस्काएको भन्दै भाइले गरेका थिए हत्या

काठमाडौं । मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १६ वर्षपछि एक महिला पक्राउ परेकी छिन् । उनी तत्कालीन विद्यार्थी हुन् । सविता विष्टकै विद्यार्थी थिइन् ।

घटना २०६४ असार २६ गतेको हो । उनको योजनामा उनका भाइले प्राध्यापक विष्टको हत्या गरेका थिए ।

ललितपुरमा परिवारसहित बस्दै आएकी सविता भने प्रहरीको नजरमा परेकी थिइनन् । १६ वर्षपछि अहिले पक्राउ परेकी हुन् । हत्या गर्ने उनका भाइ भने जेल सजाय पुरा गरेर छुटेका छन् ।

यस्तो थियो घटना

सबिता मिनभवन कलेजमा भर्ना भइन् । तर, कक्षा लिन भने पाटन क्याम्पस जान्थिन्  । स्नातक तहको थेसिस बुझाउन भने आफ्नै भर्ना भएको कलेज मीन भवन जानुपर्याे । त्यो दिन २०६४ असार २६ गते थियो ।

जाँदा विष्टले जिस्काएको भन्दै सविताले भाइ विनोदलाई बताइन् । भाइ विनोदले शंखमुलमा ढुकेर बसे । प्राध्यापक विष्टमाथी कुटपिट गरे । विष्ट ललितपुरको शंखमुलमा घाइते अवस्थामा भेटिए । उपचारका क्रममा उनको मृत्यु भयो ।

सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको थियो । विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४१ वर्षीय सविता थापा अधिकारीलाई भने अहिले पक्राउ गरेको हो । उनी योजनाकार भएको दाबी गर्दै प्रतिवादी बनाइए पनि पक्राउ पर्न सकेकी थिइनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved