लेखनाथ न्यौपाने भन्छन् : माओवादी तोरीलाउरे भयो!

नेपालभ्युज

लेखनाथ न्यौपाने भन्छन् : माओवादी तोरीलाउरे भयो!

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको टिप्पणी गरेका छन् ।

विकृतिको केन्द्र सत्ता भएको बताउँदै नेता न्यौपानेले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि विकृति झाँगिएको बताए ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले ‘सपना र वदिलानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला’ भएको टिप्पणी गरे ।

आफूले सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएकोले नै प्रचण्डविरोधीको ट्याग पाएको उनी बताउँछन् ।

न्यौपानेले आफूले सत्य कुरा राख्न जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको बताए ।

न्यौपानेको स्टाटस-

तोरीलाउरे माओवादीका नाममा-
विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस् चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जोजो पटकपटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झ्याङ्गिएको त्यहीँ छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र वदिलानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको छ । जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जादा कसले बोलायो यसलाई रु भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु, जसले आफुलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् १रु दुस्ख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved