सर्पको विष किनबेच

एल्विश यादवलाई १४ दिन न्यायिक हिरासतमा पठाइयो, हुनसक्छ २० वर्ष कैद

नेपालभ्युज

एल्विश यादवलाई १४ दिन न्यायिक हिरासतमा पठाइयो, हुनसक्छ २० वर्ष कैद

काठमाडौं । भारतको चर्चित रियालिटी शो बिग बोसका विजेता एल्विश यादवलाई सर्पको विष किनबेच गरेको अभियोगमा १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

रेभ पाटीमा सर्पको विष सप्लाई गर्ने गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् ।

ग्रेटर नोएडाको सुरजपुर अदालतमा भएको सोधपुछमा यादवले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।

यादवविरुद्ध वन्यजन्तु ऐन र एनडीपीएस ऐनको धारा लगाइएको छ।

गत फेब्रुअरीमा यादवले युट्युबमा १३ मिनेट ३४ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा रेभ पार्टीमा सर्पको विष सप्लाई गर्नेबारे कुरा गरेका थिए ।

सर्पको विष सप्लाई गरेको अभियोगमा कोतवाली सेक्टर ४९ मा पिपुल्स फर एनिमल नाम गरेको संस्थाले यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

भारतको संविधानअुनसार सर्पको विष किनबेच गरिएको प्रमाणित भए यादवलाई २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ । जरिवाना पनि हुनसक्ने कानूनी प्रावधान छ ।

को हुन् यादव ?

यादव एक चर्चित युट्युबर हुन्। उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा पनि डेढ करोडभन्दा बढीले फलो गरेका छन् ।।

यादव युट्युबमा रमाइलो भिडियो तथा भ्लग बनाउँछन् ।

हरियाणाको गुरुग्राममा १४ सेप्टेम्बर १९९७ मा जन्मेका यादवले २०१६ मा आफ्नो युट्युब च्यानल खोलेका थिए । उनले दिल्ली विश्वविद्यालयबाट बीकम गरेका छन्।

यादवको वास्तविक नाम सिद्धार्थ यादव हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved