देशभर ८५ प्रतिशत बालबालिकालाई दादुरा-रुबेलाको खोप

नेपालभ्युज

देशभर ८५ प्रतिशत बालबालिकालाई दादुरा-रुबेलाको खोप

काठमाडौं । दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । मुलुकभर कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोपको दायरामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ ।

देशभर ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी सरकारको छ ।

देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा‍. प्रकाश बुढाथोकीले बताए ।

देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved