नर्सिङ लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल

नेपालभ्युज

नर्सिङ लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल

काठमाडौं । हिजो भएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल भएका छन् ।

नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

पीसीएल तर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना ( ६०.२२ प्रतिशत उत्तीर्ण भएका परिषद्का रजिस्ट्रार शुक्ला खनालले बताए ।
दुवै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।

परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved