मुलुक भयावह अवस्थामा पुगेको छ : पूर्वप्रधानन्यायाधीश कार्की

नेपालभ्युज

मुलुक भयावह अवस्थामा पुगेको छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् ।

राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो ।

शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रूटीहरूले जरा गाडेको समेत चित्रण गरिन् ।

उनले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रूटीहरूलाई औंल्याउने काम गरेको पनि बताइन् ।

कवितालाई इतिहासको रूपमा व्याख्या गर्दै उनले सो कविताले समय सापेक्ष ढंगले विगत र वर्तमानमा देखिएका विकृतिहरूको उठान गरेको बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समय सापेक्ष हुनुपर्ने पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved