स्वास्थ्यका लागि एकदमै फाइदाजनक हरियो चना

नेपालभ्युज

स्वास्थ्यका लागि एकदमै फाइदाजनक हरियो चना

एजेन्सी । हरियो चना काँचै खाँदा पनि एकदमै स्वादिलो हुन्छ । यसलाई एकप्रकारको सुपरफुड पनि मानिन्छ । त्यसो त काँचो चना धेरै ठाउँहरुमा खाने त्यति चलन छैन तर यो उपलब्ध भएसम्म खानुपर्दछ । किनकी यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

हरियो चनामा भिटामिन, मिनरल्स, प्रोटिन, फाइबर, आइरनका साथै प्राकृतिक सुगरको गुण पनि हुन्छन् । जसले गर्दा यसले शरीरलाई एकदमै धेरै फाइदाहरु दिन सक्छ । जानौं हरियो चना खाँदा हुने फाइदाहरुका बारेमा-

  • शरीरलाई रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन तपाईं हरियो चनाको सेवन गर्न सक्नुहुन्छ । यसमा पाइने भिटामिन ए र भिटामिन सी ले इम्युनिटी बुस्ट गर्दछ ।
  • डिप्रेशन तथा एन्जाइटी जस्तो समस्याबाट छुट्कारा पाउनका लागि हरियो चनालाई आफ्नो नियमित खानाको हिस्सा बनाउनुहोस् । यसमा फोलेटको गुण प्रचुर मात्रामा पाइन्छ ।
  • यदी तपाईं तौल बढेर दिक्क हुनुहुन्छ भने पनि तपाईं फाइबरले भरपूर हरियो चना सेवन गर्न सक्नुहुन्छ । यसले पेटलाई लामो समय भरिराख्छ जसले गर्दा तपाईंले अन्य खानेकुराहरु खाइरहनबाट बच्नुहुनेछ ।
  • रक्तचाप नियन्त्रण गर्न तथा मुटुको स्वास्थ्यका लागि पनि हरियो चना एकदमै स्वास्थ्यवद्र्धक मानिन्छ । यसमा म्याग्नेशियम तथा पोटाशियमको राम्रो मात्रा पाइन्छ ।
  • प्रोटिन तथा एन्टीअक्सीडेन्टले भरपूर हुने भएकाले चनालाई आफ्नो आहारको हिस्सा बनाएर तपाईं आफ्नो छाला तथा कपाललाई पनि स्वस्थ राख्न सक्नुहुन्छ ।
  • हरियो चनाले तपाईंको पाचनलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसमा फाइबर हुन्छ जसले कब्जियत, अपच जस्ता समस्याहरु कम गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved