पशुपतिको जंगलमा एक किशोरी झुण्डिएको अवस्थामा भेटिइन्

नेपालभ्युज

पशुपतिको जंगलमा एक किशोरी झुण्डिएको अवस्थामा भेटिइन्

काठमाडौं । काठमाडौंको वनकाली जंगलमा एक किशोरी झुण्डिएको अवस्थामा भेटिएकी छन् । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

बिहान मर्निङ वाकमा जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । सिन्धुली घर भएकी सुस्मिता थापा कपनमा बस्दै आएकी थिइन् ।

उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् ।

आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए । उनी केही दिनदेखि आफन्तको सम्पर्क बाहिर थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved