जडिबुटीबाट बेपत्ता भएका पुरुष चोभारमा मृत भेटिए

नेपालभ्युज

काठमाडौं । काठमाडौंको जडिबुटीबाट बेपत्ता भएका ६० वर्षीय अर्जुन लामा चोभारमा मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको हो ।

शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडिबुटीबाट हराएकै अर्जुन लामाको शव पुष्टी भएको प्रहरीले बताएको छ ।

लामाको परिवारले २२ फागुनमा घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved