एजेन्सी । तौल कम गर्ने इच्छाले कतिपय मानिस रातमा खाली पेट नै सुत्ने गर्छन् । तर के रातको खाना नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ ? आउनुहोस् यो प्रश्नको जवाफ जानौं ।
यदि तपाईं पनि तौल कम गर्न रातमा खाली पेट सुत्नुहुन्छ भने यो बानी आजैदेखि परिवर्तन गर्नुपर्दछ । यसले तपाईंको तौल घट्नुको साटो अन्य धेरै समस्या हुन सक्छन् ।
रातमा खाना नखाँदा शरीरमा हर्मोनल असन्तुलन हुन सक्छ । यसले शरीरको मेटाबोलिज्म प्रोसेसमा नराम्रो असर पर्दछ र तौल घट्न झनै समस्या हुन्छ ।
तपाईं रातमा खाली पेट सुत्नुहुन्छ भने तपाईंको ऊर्जा क्षमता एकदमै कम हुन सक्छ । पूरा दिन थकान महसुस गर्नुहुन्छ र शरीरमा कयौं अन्य समस्या हुन्छन् ।
रातको खाना खानुहुन्न भने तपाईं रातमा आनन्दसँग सुत्न पनि सक्नुहुन्न । खाली पेट सुत्दा रातमा पटक पटक तपाईंको दिमागले भोको भएको संकेत दिइरहन्छ जसले गर्दा निद्रा लाग्दैन ।
जो व्यक्तिले रातमा खाना खाँदैनन् उनीहरुको मांसपेशी पनि कमजोर हुने गर्छ । खाली पेट सुत्दा प्रोटिन र अमिनो एसिडको कार्यक्षमतामा पनि नराम्रो असर पर्दछ ।
रातमा खाना खानुहुन्न भने अर्को दिन उठेर चिडचिडापन महसुस गर्नुहुन्छ । तपाईंको मुड खराब हुन्छ ।
खाली पेट सुत्दा इन्सुलिन लेवल पनि बिग्रन सक्छ । साथमा कोलेस्ट्रोल र थाइराइडको स्तर पनि बिग्रन्छ । यसले अन्य कयौं समस्या हुन सक्छन् ।
Facebook Comment
Comment