राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्षको शपथ साढे ४ बजे

नेपालभ्युज

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्षको शपथ साढे ४ बजे

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण साढे ४ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा अध्यक्षलाई शपथ खुवाउने छन् ।

मंगलबार सम्पन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ सांसद उभिएका थिए ।

साथै, तीनवटा प्रदेशमा नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस भएकाहरुले पनि मंगलबार नै शपथ लिने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँलाई सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved