७ हजार घुससहित पक्राउ परेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

७ हजार घुससहित पक्राउ परेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका पार्धेविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा बिगोसहित सजाय माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved