एक किलो सुनसहित एक जना पक्राउ

नेपालभ्युज

एक किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकबाट प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका ५ मार्मिङका २३ वर्षीय थारचेन तेम्बा तामाङ छन् ।

उनलाई बाह्रबिसे नगरपालिका ३ खुर्सानी बारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले भे ११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा पेटमा बाँधेर ल्याएको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

सोबारे थप अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved