राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठामडौं । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सभा-अध्यक्ष चुन्नेगरी मङ्गलबार जारी राष्ट्रियसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावको पक्षमा १७ मत परेसँगै उनको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रस्तावको विपक्षमा ३९ मत परेको थियो ।

राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन् । उनको प्रस्तावमाथि अहिले मतदान प्रक्रिया जारी छ। दाहाल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved