पपुवा न्यूगिनीलाई नेपालको १ सय ९९ रनको टार्गेट

नेपालभ्युज

पपुवा न्यूगिनीलाई नेपालको १ सय ९९ रनको टार्गेट

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)लाई नेपालले १९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे ।

भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved