राष्ट्रियसभा अध्यक्ष निर्वाचन : दाहाल र शर्माको उम्मेदवारी दर्ता

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।

यस्तै, शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

भोलि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved