एजेन्सी । कतिपयले बासी रोटीलाई फाल्ने गर्छन् भने कतिपयले साँझको बासी रोटीलाई बिहान नास्तामा पनि खाने गर्छन् । यस्तोमा तपाईंको मनमा प्रश्न आउन सक्छ आखिर बासी रोटी खानु हुन्छ कि हुँदैन ? आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन गइरहेका छौं ।
यदी तपाईं रात वा साँझको खानामा बनाएको रोटी सही तरिकाले स्टोर गर्नुहुन्छ र यसलाई बनाएको १२ घण्टाभित्र सेवन गर्नुहुन्छ भने यसका पनि फाइदाहरु छन् ।
रातमा बनेको रोटी १२ घण्टाभित्र खानु सही मानिन्छ । यो समयभित्रको बासी रोटी खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ ।
बासी रोटीमा क्यालोरी र फ्याट कम हुन्छ । यस्तोमा फाइबरले भरपूर रोटी खाँदा पेट लामो समय भरिएको महसुस हुन्छ । जसले गर्दा तौल नियन्त्रण गर्न सकिन्छ ।
यदी तपाईं दुधमा बासी रोटी राखेर खानुहुन्छ भने यसले रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । साथमा यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ ।
बासी रोटीलाई विशेषगरी दुधसँग खानु फाइदाजनक मानिन्छ । यसले शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।
बासी रोटी सेवन गर्नाले पाचनलाई पनि राम्रो बनाउन सहयोग हुन्छ । यस्तोमा पेटसँग जोडिएका समस्या पनि कम हुन्छन् । त्यस्तै बासी रोटीले कब्जियतबाट पनि छुट्कारा दिन्छ । बासी रोटीले एसिडिटी पनि हुन दिँदैन ।
यो कुराको ध्यान दिनुहोस् रोटी राम्रोसँग राखिएको हुनुपर्छ र १२ घण्टा भन्दा धेरै लामो समय राखिएको हुनुहुँदैन ।
Facebook Comment
Comment