कांग्रेस सरकार भत्काउने चलखेलमा लाग्दैन : महामन्त्री शर्मा

नेपालभ्युज

कांग्रेस सरकार भत्काउने चलखेलमा लाग्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए ।

महामन्त्री शर्माले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ नलाग्ने बताए ।

कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने उनको भनाई छ । उनले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे ।

कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सट्टा हतार गरेर नयाँ गठबन्धन बनाएको उनले आरोप लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved