बेलायत पठाउँछु भनेर २३ लाख ठग्ने युवती पक्राउ

नेपालभ्युज

बेलायत पठाउँछु भनेर २३ लाख ठग्ने युवती पक्राउ

काठमाडौं । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भैंसेपाटीबाट मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्दै आएकी लक्ष्मी लिम्बुलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

३४ वर्षीया लिम्बुले रविन सौजुसहित ४ जनासँग २९ लाख ८८ हजार ठगेको आरोप छ ।

वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी पीडितले दिएको उजुरीमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved