संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालभ्युज

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बोलाइएको छ । गत सोमबार स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको हो ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । राष्ट्रियसभाको बैठक भने सवा १ बजे बस्ने तय भएको छ ।

यसअघि फागुन २१ गतेको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved