एजेन्सी । कलेजो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । धेरै व्यक्ति अहिले फ्याटी लिवर जस्तो समस्याले ग्रसित हुन्छन् । यस्तोमा कलेजोलाई स्वस्थ राख्न तपाईंले केही सामान्य कसरत तथा योगासनको सहारा पनि लिन सक्नुहुन्छ ।
- कलेजो र शरीरलाई स्वस्थ राख्नका लागि नियमित रुपमा ३० मिनेट हिँड्नु एकदमै राम्रो हुन्छ । यसबाहेक तपाईं सकेको खण्डमा दौडन पनि सक्नुहुन्छ । यसले तौल कम गर्न पनि सहयोग हुन्छ ।
- त्यस्तै योगमा तपाईं नौकासन पनि गर्न सक्नुहुन्छ । यो कलेजोका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई गर्नाले शरीरका मांसपेशी पनि बलियो हुन्छन् र फ्याटी लिवरको समस्याबाट पनि राहत पाउन सकिन्छ ।
- लिवरलाई स्वस्थ राख्नका लागि ‘लेग रेज’ पनि एउटा राम्रो र सजिलो कसरत हो । यसलाई गर्नाले पेटका मांसपेशी बलियो हुन्छन् साथमा पेटको बोसो कम गर्न पनि सहयोग पुग्छ ।
- नियमित रुपमा ३० मिनेट जति साइकल चलाउँदा पनि लिवर स्वस्थ रहन्छ र यससँग सम्बन्धित रोगको खतरा कम हुन्छ । यसबाहेक लिवरलाई स्वस्थ राख्नका लागि नृत्य, हाइकिंग र टेनिस, ब्याडमिन्टन खेल्न पनि सकिन्छ ।
- नियमित रुपमा भुजंगासनलाई गरेर पनि लिवरलाई स्वस्थ राख्न सकिन्छ । भुजंगासनलाई कोबरा पोज पनि भनिन्छ । यसलाई गर्नाले फ्याटी लिवरको समस्या कम हुनुका साथै ढाडको हड्डी र पाचन प्रणाली पनि बलियो हुन्छ ।
- प्ल्यांक कसरत पनि लिवरका लागि फाइदाजनक हुन्छ । यसलाई गर्नाले शरीरको फ्याट बर्न हुन्छ र रक्तसञ्चार पनि राम्रो हुन्छ ।
- लिवरलाई स्वस्थ राख्नका लागि पौडिनु पनि एकदमै राम्रो कसरत हो । स्वीमिंग गर्नाले शरीरका हरेक अंगको कसरत हुनुका साथै लिवरको तनाव पनि कम हुन्छ ।
Facebook Comment
Comment