टी-२० विश्वकप क्रिकेटको तयारीका लागि ५ करोड निकासा

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेटको तयारीका लागि ५ करोड निकासा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीलाई तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदैँ नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।’ घिसिङले  भने ।

उनले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए ।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आईसीसी पुरुष टी– २० वर्ल्ड कप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो ।

सन् २०१४ मा पहिलोपटक टी– २० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी– २० विश्वकप खेल्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved