एउटा पोषक तत्वको कमी तर, धेरै समस्या

नेपालभ्युज

एउटा पोषक तत्वको कमी तर, धेरै समस्या

एजेन्सी । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि भिटामिन, आइरन, प्रोटिन समेत अन्य कयौं पोषक तत्वको आवश्यकता पर्दछ । यी मध्ये एक पनि पोषक तत्वको कमी भयो भने शरीरलाई विभिन्न रोगले घेर्न थाल्छ ।

यस्तै एउटा पोषक तत्व हो, ओमेगा ३ फ्याटी एसिड । ओमेगा ३ फ्याटी एसिडले मानसिक तथा शारीरिक रुपमा स्वस्थ राख्न सहयोग गर्दछ ।

ओमेगा ३ फ्याटी एसिडले तपाईंलाई कयौं रोगबाट सुरक्षा गर्छ र शरीरलाई भित्रैदेखि बलियो बनाउँछ ।

यसले शरीरको कमजोरी तथा सुन्निएको कम गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र हर्मोनल सन्तुलन बनाइराख्न पनि सहयोग गर्छ ।

यहाँ केही त्यस्ता संकेत बारे जानौं जसलाई देखेपछि तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस् । जसले गर्दा तपाईं समयमै यो पोषक तत्वको कमीलाई पूरा गर्न सक्नुहुनेछ ।

  • शरीरमा ओमेगा ३ को कमीको असर तपाईंको छालामा पर्न सक्छ । यसको कमीले छाला सुख्खा, रुखो तथा संवेदनशील हुन थाल्छ ।
  • जोर्नीमा दुखाई तथा कडा हुने पनि ओमेगा ३ को कमीले हुन सक्छ । अध्ययनले पनि यो कुरा पत्ता लगाएको छ कि ओमेगा ३ को सेवनले जोर्नीको दुखाई निको हुन्छ ।
  • ओमेगा ३ तपाईंको आँखाका लागि पनि अत्यावश्यक छ । यदि तपाईंको आँखा पनि एकदमै सुख्खा भइरहेको छ भने यो ओमेगा ३ को कमीले पनि हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved