एजेन्सी । महिलाले शरीर स्वस्थ राख्न योनीको सरसफाईमा पनि ध्यान दिनु जरुरी छ ।
योनी स्वस्थ नहुँदा त्यहाँबाट गन्ध आउने, पोल्ने वा चिलाउने जस्तो समस्या हुन सक्छ । जसले गर्दा संक्रमण पनि हुने गर्छ ।
यहाँ आज योनी स्वस्थ राख्न कस्तो तरिका अपनाउन सकिन्छ भन्नेबारे जानौं ।
कुनै पनि मौसममा योनीको वरिपरि पसिना आउने गर्छ । जसले गर्दा योनी वरिपरि ब्याक्टेरिया बन्न थाल्छन् । यसबाट बच्न सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
योनीलाई स्वस्थ राख्न भरपूर मात्रामा पानी पिउनुहोस् । प्रायः पानीको कमीको कारणले पनि योनी वरिपरि चिलाउने समस्या हुन्छ ।
भेजाइनल डिस्चार्जको कारण योनी गिलो हुने गर्छ जसका कारण भित्री वस्त्र पनि भिज्छ । गिलो कपडाको कारणले पनि योनी चिलाउने समस्या हुन सक्छ । जति सक्यो कपडालाई सुख्खा राख्नुहोस् ।
योनीको पिएच लेवल सन्तुलित राख्न प्रोबायोटिक्स सेवन गर्नुहोस् । यसमा राम्रो ब्याक्टेरिया हुने गर्छ ।
जसलाई अत्यधिक पसिना आउँछ त्यस्ता महिलाले सधैं सुतीको भित्री वस्त्र लगाउनु पर्दछ । यसले योनीमा भएको चिसोपनलाई सोस्छ । जसले गर्दा यौनी सुख्खा हुन्छ ।
यौनी स्वस्थ राख्न भिटामिन सीले भरपूर खाना खानुहोस । यसले पेट तथा योनी दुवैको स्वास्थ्य राम्रो हुन्छ ।
Facebook Comment
Comment