माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भयो : डा कोइराला

नेपालभ्युज

माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भयो : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेससँगको सत्ता गठबन्धन तोडिनु समान्य नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुलाई आफुले सामान्यरुपमा नलिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउदै नेता कोइरालाले माओवादीसँगको सहकार्य कांग्रेसका लागि महङ्गो सावित भएको टिप्पणी गरेका छन् । उनले राजनीतिमा गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि पछिल्लो घटना भने सामान्य नभएको तर्क गरेका छन् ।

कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन अन्तत नेपाली कांग्रेसलाई महङ्गो सावित भएको कोइरालाको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved