पखाला लाग्दा घरमा तुरुन्तै उपचार कसरी गर्ने ?

नेपालभ्युज

पखाला लाग्दा घरमा तुरुन्तै उपचार कसरी गर्ने ?

एजेन्सी । असन्तुलित खानपान तथा खराब जीवनशैलीले कहिलेकाँही पखाला लाग्छ । पखाला लाग्यो भने तपाईंको शरीरमा पानीको कमी हुन थाल्छ । यस्तोमा पखाला ठिक गर्न केही घरेलु उपाय प्रयोग गर्न सकिन्छ ।

  • पखाला ठिक गर्न नरिवल पानी पिउन सकिन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्स जस्ता गुण पाइन्छन् जसले पखालाबाट छुट्कारा दिन्छ । साथमा यसले शरीरमा पानीको कमी पनि हुँदैन ।
  • केरामा फाइबर र पोटाशियम जस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा बढाउने गर्छ । केरा खाँदा पनि पखालाको समस्या कम हुन्छ ।
  • पखाला वा धेरैपटक पातलो दिशा लाग्ने भइरहेको छ भने तपाईंले घरमा तुरुन्तै जिरा पानी बनाएर पिउन सक्नुहुन्छ । जिरालाई पानीमा राखेर उमाल्ने र त्यसलाई चिसो बनाएर पिउँदा पनि आराम मिल्छ ।
  • सोंफले पनि पखाला कम गर्न सहयोग गर्छ । पखाला लागेको अवस्थामा एक चम्चा भुटेको सोंफलाई मनतातो पानीसँग पिउनुहोस् । यस्तो तपाईंले दिनमा दुईपटक गर्न सक्नुहुन्छ ।
  • पखाला लागेको खण्डमा तुरुन्तै जीवनजल पानी बनाएर पिउनु पर्छ । यसले पखालाले गर्दा भएको कमजोरी कम हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved