दशरथ रंगशालामा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्यौं : प्रशिक्षक तामाङ

नेपालभ्युज

दशरथ रंगशालामा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्यौं : प्रशिक्षक तामाङ

काठमाडौं । नेपाली महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले राम्रो फुटबल मैदानमा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्नुपरेको बताएका छन् ।

वाफ च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको नेपाली टोलीका बारेमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा पनि दशरथ रंगशाला र च्यासलमा समेत अभ्यास गर्न नपाएको गुनासो गरे ।

उनले फाइनल खेलमा सावित्रा भण्डारी नभएका कारण पनि उपाधि जित्न असर परेको बताए । उनले साम्बा नभएसँगै जोर्डन नेपालमाथि केही हाबी भएको बताए ।

वाफ च्याम्पियनसिपको उपविजेता नेपाल शुक्रवार राति स्वदेश फर्किएको हो । नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टीमा ५—३ ले पराजित भएको थियो । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved