त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्यान्ड भिड्दै

नेपालभ्युज

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्यान्ड भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा शनिबार नेपाल र नेदरल्यान्ड  भिड्दै छन् । नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघिको पहिले खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल शनिबार बदला लिने दाउमा हुनेछ ।

शुक्रबारको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ । यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो ।

नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ । सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved