एजेन्सी । स्याम्पु प्रयोग गरिसकेपछि कन्डीशनरको प्रयोग गर्ने सल्लाह दिइन्छ । तर, कतिपयलाई यो अल्छी लाग्ने काम हुन्छ भने कतिपयले आखिर स्याम्पु प्रयोग गरिसकेपछि यसको किन आवश्यकता पर्छ भनेर पनि सोंच्ने गर्छन् ।
त्यसैले कन्डीशनरको आवश्यकता बारे जानौं ।
कतिपय स्याम्पु केमिकलले भरपूर हुन्छन् । यसको प्रयोगले कपालको प्राकृतिक तेल कम हुन्छ जसले गर्दा कपाल सुख्खा तथा रुखो देखिन्छ । यस्तोमा कन्डीशनरको प्रयोगले कपाललाई जरुरी पोषण प्राप्त हुन्छ ।
कन्डीशनरको प्रयोगले कपाल मुलायम तथा चम्किलो बनाउन सकिन्छ । स्याम्पु गरिसकेपछि कन्डीशनरको प्रयोगले कपालमा हुने विभिन्न नोक्सानबाट जोगिन सकिन्छ । तपाईंलाई हरेक पटक प्रयोग गर्न अल्छी लाग्छ भने पनि हप्तामा एकपटक अवश्य कन्डीशनरको प्रयोग गर्नुहोस् ।
स्याम्पु लगाएपछि कन्डीशनरको प्रयोग गर्नाले कपालको रुखोपन कम हुन्छ । यसको सहयोगले सुख्खा तथा रुखो कपाललाई सुधार्न सकिन्छ ।
जसरी हामीले छालाको सुरक्षाका लागि मोइस्चराइजर, सनस्क्रीन आदिको प्रयोग गर्छौं त्यसरी नै कपालको सुरक्षाका लागि नुहाउँदा कन्डीशनरको प्रयोग आवस्यक हुन्छ ।
Facebook Comment
Comment