होस्टेल घटना : शालिन पोखरेलको सुसाइड नोट भेटियो

नेपालभ्युज

होस्टेल घटना : शालिन पोखरेलको सुसाइड नोट भेटियो

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको सुसाईड नोट फेला परेको छ ।

सोही स्कुलमा कक्षा ८ मा अध्ययनरत  पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन्  ।

शालिनले छाडेको सुसाइड नोट फेला पारेको अनुसन्धान अधिकृतहरुले जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले  सरी एभ्रिबडी, सरी ममि ड्याड लेखेकी छन् ।  सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

पोखरेलको परिवारले उनको बलात्कार पछि हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved