काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।
जोर्डनबाट पेनाल्टी प्रहारमा आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे । नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपर बाधक बनिन् ।
त्यसअघि अल सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले उत्कृष्ट गोल गरेकी थिइन् । पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन ।
नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितिमा खेलेको नेपालले अर्की खेलाडी प्रिती राईलाई पनि गुमाउनु परयो । राई चोटग्रस्त भएपछि मैदान बाहिर बस्नु परेको थियो । जोर्डनले यसअघि नै पाँच पटक उपाधि उचालिसकेको छ । नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।


Facebook Comment
Comment