एजेन्सी । दिमागमा किरा हुनु एउटा गम्भीर रोग हो । दिमागमा किरा हुँदा तपाईंको टाउको दुख्ने, मिर्गी हुने, ज्वरो आउने तथा बोल्न पनि समस्या हुने जस्ता समस्याहरु हुन्छन् ।
डाक्टरका अनुसार दिमागमा किरा हुने रोगलाई न्यूरोसाइटिक्रोसिस भनिन्छ । यो रोगले अन्य विभिन्न समस्या हुन सक्छन् । दिमागमा किरा हुँदा के हुन्छ ? यसबारेमा जानौं–
टाउको दुख्नु
दिमागमा किरा हुँदा टाउकोमा एकदमै तेज दुखाई हुन्छ । यस क्रममा तपाईंलाई धेरै रिस उठ्ने पनि हुन सक्छ ।
मिर्गी
दिमागमा किरा हुँदा तपाईंलाई मिर्गी हुन सक्छ । यस्तोमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ ।
बोल्न समस्या
दिमागमा किरा हुँदा बोल्न पनि समस्या हुन थाल्छ । साथमा तपाईं बोल्ने क्रममा जिब्रो लट्पटिने जस्तो समस्या पनि आउँछ ।
आँखाको रोशनी कमजोर
दिमागमा किरा हुँदा आँखाको रोशनी पनि कमजोर हुन थाल्छ । यसले तपाईंले कम देख्न थाल्नुहुन्छ ।
ज्वरो
दिमागमा किरा परेको खण्डमा तपाईंलाई एकदमै धेरै ज्वरो आउन थाल्छ । यसक्रममा हिँडडुल गर्न पनि समस्या हुन सक्छ ।
कमजोरी
दिमागमा किरा हुँदा शरीरका अन्य अंगमा पनि कमजोरी महसुस हुन थाल्छ । यसक्रममा जोर्नीहरुमा दुखाई पनि हुन्छ ।
Facebook Comment
Comment