जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको सकुशल उद्दार

नेपालभ्युज

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको सकुशल उद्दार
सांकेतिक तस्वीर

काठमाडौं । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक बालकको प्रहरीले सकुशल उद्दार गरेको छ ।

जनपुरधाम उपमहानगरपालिका २३ बाट अपरहणमा परेका २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

प्रहरीले ती बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभादेवी मण्डलको साथबाट उद्दार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

स्थानीय दिपक झाको घरमा डेरा गरी बस्ने उनी घरमै खेलिरहेका समय गत फागुन १२ गते साँझदेखि बेपत्ता भएका थिए । बिभादेवी मण्डल जनकपुरधाम उपमहानगरपालिका २४ मा बस्दै आएकी थिइन् । उनैले बालकको अपहरण गरेको स्थानीयले बताएपछि खोजी गर्ने क्रममा प्रहरीले सँगै फेला पारेको हो ।

मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी अवाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved