मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

नेपालभ्युज

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलवार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

बस्नेतले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए ।

उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved