भेजिनाइटिस के हो ? जानौं यसका लक्षण

नेपालभ्युज

भेजिनाइटिस के हो ? जानौं यसका लक्षण

एजेन्सी । कतिपय महिलाहरुलाई भेजाइना अर्थात योनीमा चिलाउने, दुख्ने र सामान्य भन्दा धेरै सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो समस्या भेजिनाइटिसको कारण हुन्छ । आउनुहोस् जानौं भेजिनाइटिस के हो र यसका लक्षण कस्ता हुन्छन् भन्नेबारे ।

भेजिनाइटिस योनीमा हुने संक्रमणलाई भनिन्छ । यो समस्या ब्याक्टेरिया, फंगल इन्फेक्शन र भाइरसको कारणले हुने गर्छ । यदि समयमै उपचार गरिएन भने यसले ठूलो समस्याको रुप पनि लिन सक्छ ।

यो समस्या संक्रमणको कारणले हुने गर्छ । यस्तो संक्रमणमा क्याडिडिओसिस, ब्याक्टेरियल वेजिनोसिस, ट्राइकोमोनिएसिस जस्ता समावेश छन् ।

त्यस्तै यो समस्या एस्ट्रोजन हर्मोनको कमी, संक्रमण, कन्डोम र टेम्पोनको प्रयोग, साबुन, क्रीम र स्प्रे आदिको प्रयोग तथा एन्टीबायोटिक औषधिको कारणले पनि हुन सक्छ ।

भेजिनाइटिसको कारणले शरीरमा कैयौं लक्षण देखिन सक्छन् । यसमा योनी पोल्ने, अत्यधिक सेतो पानी बग्ने, योनी सुन्निने, पिसाव गर्दा दुख्ने, शारीरिक सम्बन्ध बनाउँदा समस्या हुने र योनीबाट दुर्गन्ध आउने जस्ता समस्या हुन सक्छन् ।

बच्ने उपाए 

यो रोगबाट बच्न तपाईं केमिकल भएका तथा सुगन्धित टेम्पोन, प्याड तथा साबुन जस्ता चीजको प्रयोग गर्नबाट बच्नुहोस् ।

नुहाउने समयमा सधै सफा पानीले योनीको सफा गर्नुहोस् । सुतीको भित्री लुगा  लगाउनुहोस् । भेजाइनल एरियालाई सधैं सुख्खा राख्नुहोस् जसले गर्दा संक्रमण पनि फैलँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved