नेदरल्याण्ड्सविरुद्ध झ्र्यो नेपालको पाँचौँ विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध झ्र्यो नेपालको पाँचौँ विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी १ रनमा रनआउट भएका हुन्।

उनी बास डी लीडेको बलिङमा रनआउट भए। अहिले कुशल भूर्तेल र भीम सार्कीले ब्याटिङ गरिरहेका छन्।

यसअघि रोहित कुमार पौडेल १६, कुशल मल्ल २, अनिल साह ७ र आसिफ शेख १७ रनमा आउट भए। टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।

नेपालले ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको छ। नेपालले २८ ओभरमा ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved