विश्वकप लिग–२ मा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालभ्युज

विश्वकप लिग–२ मा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै छ । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज जितसहित शृंखलाको मैजारो गर्ने लक्ष्यसहित मैदान उत्रिदैछ । खेल नेपाली समय अनुसार बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो भने नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटले हारेको थियो ।

नेदरल्यान्ड्सले पनि जारी श्रृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार ब्योहरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका साथ लिग–२ तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved