फ्याटी लिवरको समस्या हुन्छ कम, अपनाउनुहोस् यी तरिका

नेपालभ्युज

फ्याटी लिवरको समस्या हुन्छ कम, अपनाउनुहोस् यी तरिका

एजेन्सी । फ्याटी लिवरको समस्या खराब जीवनशैली र खानपानले गर्दा हुने गर्छ । अहिले यस्तो समस्या कम उमेरका व्यक्तिमा पनि देखिन थालेको छ ।

त्यसैले यस्तो समस्याबाट छुट्कारा पाउन केही बानी अपनाउन सक्नुहुन्छ । आज हामी त्यस्ता केही आर्युवेदिक उपाय बारेमा जानौं, जसलाई अपनाएर फ्याटी लिवरको समस्या कम गर्न सकिन्छ ।

फ्याटी लिवर एउटा त्यस्तो समस्या हो जसमा कलेजोमा अतिरिक्त चिल्लोपन आउन थाल्छ । विशेषगरी यो रक्सी धेरै सेवन गर्ने व्यक्तिमा हुन्छ । यसबाहेक खानपानमा खराबी र शारीरिक क्रियाकलापको कमीले पनि हुन सक्छ ।

फ्याटी लिवरको समस्या हुँदा धेरै काँचो पनि खानु हुँदैन । साथमा प्रसोधित खानेकुरा, मैदा, तारेको, भुटेको आदि सेवन गर्नबाट पनि बच्नुपर्छ ।

फ्याली लिवर भएको अवस्थामा क्याफिनको सेवन गर्नु हुँदैन । यसले लिवरमा अझ बढी समस्या ल्याउन सक्छ । साथमा रक्सीबाट पनि टाढा रहनुहोस् ।

शरीरलाई हाइड्रे्ट राख्नाले लिवरले सही तरिकाले काम गर्छ । मेटाबोलिज्मलाई राम्रो बनाउनका लागि सही मात्रामा पानी पिउनुहोस् ।

लिवरलाई स्वस्थ राख्न समयमा खाना खान नभुल्नुहोस् । भोक लागेको अवस्थामा पनि खाना नखाने वा भोक लाग्दा धेरै खाने जस्ता बानीबाट पनि बच्नुपर्छ ।

यदि तपाईं ढिला सुत्नुहुन्छ भने यो शरीरका लागि नोक्सानदायक हो । यसका लागि समयमा सुत्न पनि एकदमै जरुरी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved