एजेन्सी । बुढापाकाले भन्ने गरेको सुन्नुभएको होला साना बच्चाको कानमा तेल राख्नुपर्छ । उनीहरुको भनाईअनुसार कानमा तेल राख्दा बच्चाको कान सफा हुन्छ, तेज हुन्छ आदि ।
डाक्टर तथा स्वास्थ्य विशेषज्ञहरुको भनाई अनुसार यो एकदमै गलत हो । यसले कानमा संक्रमण गराउनुका साथै अन्य विभिन्न समस्याहरु पनि हुन सक्छ । जानौं कानमा तेल राख्दा हुने नोक्सानी बारे ।
कानको संक्रमण
साना बच्चाहरुको कानमा कहिल्यै पनि तेल राख्नु हुँदैन । कानमा तेल राख्दा बच्चालाई संक्रमण हुन सक्छ । तेलमा विभिन्न प्रकारका प्राकृतिक ब्याक्टेरिया पाइन्छन्, जो कानको भित्री भागमा पुगेर संक्रमण बढाउन सक्छन् ।
कतिपय अवस्थामा कानमा तेल राख्दा त्यहाँ धुलो माटोहरु टासिन्छ जसले गर्दा फंगल इन्फेक्शनको कारण बन्न सक्छ ।
कानको जालीलार्ई नोक्सान
बच्चालाई कानमा तेल राख्दा यसले कानको जालीलाई हानी पुर्याउन सक्छ । स्वास्थ्य विशेषज्ञहरुको भनाईअनुसार तेल कानको जालीमा गएर टाँसिन्छ जसले बच्चालाई सुन्न पनि समस्या हुन सक्छ । नियमित गर्ने यस्तो गल्तीले भविश्यमा गएर बच्चा कान नसुन्ने पनि हुन सक्छ ।
घाउ बन्न सक्छ
कानमा अत्यधिक चिल्लोले फोहोर टाँसिदा संक्रमण बढेर घाउ बन्ने सम्भावना हुन्छ । जो पछि गएर पाकेर पिप आउने, सुन्निने, दुख्ने आदि समस्या हुन्छ । त्यसैले बच्चाको कानमा कहिल्यै पनि तेल राख्नु राम्रो हुँदैन ।
Facebook Comment
Comment