एजेन्सी । रगतमा भएको सुगरको मात्रालाई नियन्त्रण गर्न सही आहारको सेवन गर्ने सल्लाह दिइन्छ । विभिन्न सोध तथा अनुसन्धानहरुले बताएअनुसार भोजनमा लो–ग्लाइसेमिक इन्डेक्स भएका चीजहरुको सेवन गरेर सुगर यानिकी मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।
ग्लाइसेमिक इन्डेक्सले बताउँछ कि कुनै पनि खाद्य पदार्थ कति तीव्र गतिमा र कति मात्रामा रगतमा सुगरलाई बढाउने गर्छ । ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएका चीजहरु मधुमेहका विरामीहरुलाई फाइदाजनक हुन सक्छ ।
हरियो तरकारी, साग, गाँजर, राजमा, चना तथा दालहरुमा ग्लाइसेमिकको मात्रा निम्न हुन्छ । यानिकी यस्ता खानेकुराहरु लो ग्लाइसेमिकभित्र पर्दछन् ।
त्यस्तै फलफूलमा नासपती, सुन्तला, स्याउ, अम्बाहरुमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ र यसबाट फाइबर पनि भरपूर मात्रामा प्राप्त हुन्छ । त्यसैले मधुमेहका विरामीहरुलाई लो ग्लाइसेमिक चीजहरु खानका लागि सल्लाह दिइन्छ ।
Facebook Comment
Comment