ढिला विवाह गर्ने सोचिरहनु भएको छ ? यसका पनि छन् फाइदा

नेपालभ्युज

ढिला विवाह गर्ने सोचिरहनु भएको छ ? यसका पनि छन् फाइदा

एजेन्सी । विवाह हरेक व्यक्तिको नीजि निर्णय हुन्छ । एउटा उमेरपछि हरेक व्यक्तिलाई विवाहका लागि परिवार, साथीभाई, समाजबाट दबाव आउन थाल्छ ।

यस्तै, अवस्थामा कतिपयले हतारमा विवाहको निर्णय गर्छन् र पछि पछुताउनु पर्ने स्थिति पनि आउँछ । त्यसैले ढिला विवाह गर्दा पनि हुने फाइदाहरुका बारेमा जानाैँ-

आत्मनिर्भर
छिटो विवाह गर्दा मानिस जिम्मेवारीहरुमा अल्झिने गर्छ । त्यसैले यदि ढिला विवाहको निर्णय गर्दा आफूलाई बुझ्ने, आफ्नो लक्ष्य हासिल गर्ने र आर्थिक रुपमा पनि स्वतन्त्र हुन सक्छन् ।

जिम्मेवारीबोध
जिम्मेवारीबोध भइसकेपछि आफ्ना तथा परिवारका आवश्यकता तथा इच्छाहरुलाई बुझ्ने क्षमता पनि बढ्छ । त्यसैले ढिला विवाह गर्दा जिम्मेवारीबोध आइसकेको हुन्छ ।

पूरा हुन्छन् इच्छा
कम उमेरमा दबावमा आएर विवाह गर्दा कतिपय तपाईंका इच्छाहरु मनमै दबिएर बस्छन् । यदि ढिला विवाहको निर्णय गर्नुभयो भने आफ्नो इच्छा स्वतन्त्रपूर्वक पूरा गर्न सकिनेछ ।

घुम्ने मौका
विवाह अघि घुम्ने, अनुभव लिने तथा नयाँ कुराहरु उजागर गर्ने समय धेरै प्राप्त हुन्छ । यस्तोमा विवाह ढिला गर्दा आफ्नो यात्रा गर्ने इच्छालाई राम्रोसँग पूरा गर्न सकिनेछ ।

आर्थिक स्थिरता
हतारमा विवाह गर्नाले आफ्नो करिअरलाई राम्रो तरिकाले स्थिर गर्ने समय पाइन्छ । यस्तोमा सोंचेर बुझेर मात्र विवाह गर्दा आर्थिक रुपले पनि सुरक्षित भइन्छ ।

बलियो सम्बन्ध
ढिला विवाह गर्नाले जिम्मेवारीबोध बढ्छ जसले सम्बन्धमा आपसी समझदारी र सम्मान पनि बढ्छ । यसले सम्बन्ध अझै बलियो हुन्छ ।

बच्चाको पालनपोषण
ढिला विवाह गरेका व्यक्तिमा धेरै जिम्मेवारीपन हुन्छ र आर्थिक स्थिरता पनि हुन्छ । जसले गर्दा अभिभावक बनेर आफ्नो बच्चालाई राम्रो पालनपोषण गर्न सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved