नापी कार्यालयका सर्वेक्षक, मालपोत कार्यालयका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

नापी कार्यालयका सर्वेक्षक, मालपोत कार्यालयका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जग्गाको कित्ताकाट र नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग उनीहरूले घुस लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसअघि अख्तियारको टोलीले उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved