डोल्पाको जुफाल विमानस्थल एक महिना बन्द हुने

नेपालभ्युज

डोल्पाको जुफाल विमानस्थल एक महिना बन्द हुने

सुर्खेत । डोल्पाको जुफाल विमानस्थल एक महिना बन्द हुने भएको छ ।

विमानस्थल स्तर उन्नतिका लागि एक महिना बन्द हुने भएको हो । विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो ।

विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले सूचना पठाइसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले बताए ।

विमानस्थलको १८५ मिटर स्तरोन्नति हुने र जसका लागि ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved