हुम्लामा फिल्ड निर्माण योजनामा अनियमितता : ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुविरुद्ध सजाय र बिगो माग गरिएको छ ।

आरोप पत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा, चंखेली गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष सालिग्राम ऐडीलाई प्रतिवादी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved