प्रोटिनको ओभरडोजले लाग्न सक्छ मुटुको रोग

नेपालभ्युज

प्रोटिनको ओभरडोजले लाग्न सक्छ मुटुको रोग

एजेन्सी । शरीरलाई स्वस्थ राख्नका लागि विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यही मध्ये एक हो प्रोटिन, जसले तपाईंको मांसपेशीदेखि लिएर हड्डीसम्मलाई बलियो बनाउने काम गर्छ ।

तपाईंले सुन्नुभएको होला प्रोटिनको कमीले शरीर विभिन्न रोगको चपेटामा पर्न सक्छ । तर के तपाईंलाई थाहा छ आवश्यकताभन्दा धेरै प्रोटिनले नसाहरुलाई ब्लक गर्न सक्छ ?

अमेरिकामा गरिएको एक अध्ययनमा अत्यधिक प्रोटिन मुटुका लागि हानिकारक हुने बताइएको छ । त्यसैले एक दिनमा कति प्रोटिन सेवन गर्नु सही हुन्छ र कस्तो स्थिति तपाईंको शरीरका लागि हानिकारक हुन सक्छ जान्न एकदमै जरुरी हुन्छ ।

एक दिनमा कति प्रोटिन लिने ?
अमेरिकी सोधकर्ताहरुले गरेको अध्ययनमा एक दिनमा लिने क्यालोरीको मात्रामा २२ प्रतिशतभन्दा धेरै प्रोटिन हुनुहुँदैन भनेर स्पष्ट रुपमा बताइएको छ । यदी धेरै भएको खण्डमा धमनीहरुमा प्लक जम्मा हुन सक्छ ।

सोधमा देखिएअनुसार धमनीहरुलाई नोक्सान पुर्याउनमा ल्यूसीन नामक अमिनो एसिडले ठूलो भूमिका निर्वाह गर्दछ । जो प्रायः अन्डा, मासु तथा दुध आदिमा पाइन्छ । अध्ययनमा प्रोटिनको अत्यधिक मात्रा दिँदा मुसाहरुको धमनीहरु रोकिने समस्या आएको देखिएको थियो ।

त्यस्तै अध्ययनमा स्वस्थ व्यक्तिहरुले धेरै प्रोटिनयुक्त खाना खाँदा उनीहरुको शरीरमा इम्यूनिटी पावर धेरै क्रियाशील भयो । जसले गर्दा यसको काम भनेको धमनीहरुको सफाई गर्नुहुन्छ, तर धेरै क्रियाशील भएले गर्दा त्यहीँ आफै जम्न थालेपछि धमनीहरुमा नोक्सान पुर्याउन थाल्यो ।

कतिपय जीममा जाने व्यक्ति तथा तौल कम गर्नका लागि कतिपयले अत्यधिक प्रोटिनको सेवन गर्ने गर्छन् । जो शरीरका लागि एकदमै हानिकारक छ ।

अत्यधिक प्रोटिनले मांसपेशीहरुलाई बलियो बनाउनुको साटो धमनी तथा मुटुमा नोक्सान पुर्याएको अध्ययनले बताएको छ । त्यसैले शरीरलाई आवश्यक प्रोटिन मात्र एक दिनमा सेवन गर्नुपर्ने अध्ययनकर्ता विशेषज्ञहरुको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved