ग्यापु सञ्चालक खड्कालाई अपहरणको आरोपमा गणेश लामाविरुद्ध जाहेरी

नेपालभ्युज

ग्यापु सञ्चालक खड्कालाई अपहरणको आरोपमा गणेश लामाविरुद्ध जाहेरी

काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोपमा कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । खड्का ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा निवेदन आएपछि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको हो ।

पीडितले जाहेरीमा लामासहितको समूहले ललितपुरको ढोलाहिटीमा रहेको आदर्श टोलबाट अपहरण गरेको उल्लेख गरेका छन् । जाहेरीमा अपहरणपछि बन्दक बनाइएको पनि दाबी गरिएको छ ।

गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका लामा सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved