विद्युत प्राधिकरण इनरुवाका प्राविधिक कर्मचारी महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी (चौथो तह) विर्जु कुमार महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार बिशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा महतोले सेवाग्राही यादब रिजालबाट विद्युत क्षमतामा अभिवृद्धी गर्न २५ हजार रुपैयाँ घुस लिएको जनाएको छ ।

महतोलाई कैद सजाय गरि बिगोसमेत जफत गर्न आयोगले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved