म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो, लिभरपुल एक अंकको अग्रतामा

नेपालभ्युज

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो, लिभरपुल एक अंकको अग्रतामा

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित भएको छ । ब्रेन्टफोर्डलाई १ – ० ले पराजित गरेसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीका लागि इर्लिङ हालान्डको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा हालान्डले ७१ औं मिनेटमा एक गोल गरेका थिए ।

जितपछि डिफेन्डिङ च्याम्पियन सिटीको २५ खेलबाट ५६ अंक भएको छ । सिटी अब शीर्ष स्थानमा रहेको लिभरपुलसँग एक अंकको दूरीमा छ । लिभरपुलको समान २५ खेलबाट ५७ अंक छ । आर्सनल ५५ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

ब्रेन्टफोर्ड भने २८ अंकका साथमा १३ औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved